आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

भक्तपुर मालपोत कार्यालयका प्रमुख २४ लाख घुससहित पक्राउ

२०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ( १ साल अघि) १३४८६ पटक पढिएको
नारी बाटिका


भक्तपुर ३२ असार।

भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत घुषसहित पक्राउ परेका छन् ।मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुखसहित कार्यलय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको हो।

म्मुख आचार्यले सेवाग्राही मोही तल्सिङको मुद्दा मिलाउन कार्यालय परिसरमै २४ लाख ५० हजार घुस रकम सहित उनीहरूलाई पक्राउ गरेको हो।आयोगको टोलीले राउतको साथबाट रकम बरामद गरेर कार्यालयमै मुचुल्का उठाई नियन्त्रणमा लिएको थियो।

े उदयपुर घर भई भक्तपुर मालपोत कार्यलयमा प्रमुखको रुपमा कार्यरत आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुर निवासी राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत टोलीले बरामद गरी नियन्त्रणमा लिएको छ।

घुस रकम माग गरेको गुनासो अख्तियारमा परेपछि टोलीले मंगलबार नै भक्तपुर मालपोत कार्यलयमा छापा मारेको अख्तियारले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑