
नारी बाटिका
२८ चैत ।
भारतको नैनाताल नजिकै भएको दुर्घटनामा परी ७ नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सवारी दुर्घटनामा परी सात जना नेपाली सहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको हो ।
बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुमा नेपाली नयाँवर्ष मनाउन घर फर्केका विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् ।
मृतक नेपालीहरु अधिकाँश जस्तै कञ्चनपुर र महेन्द्रनगर निवासी रहेको टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु आउदै गरेको नेपाली नयाँ वर्ष मनाउन घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।
मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस