आज:  | Tue, 30, Apr, 2024

हिउँदे अधिवेशनको अन्तिम दिन,आजपनि कांग्रेसले बैठक चल्न नदिने

२ बैशाख २०८१, आईतवार ०७:३७ मा प्रकाशित ( २ हफ्ता अघि) १५१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ वैशाख ।

हिउँदे अधिवेशनको अन्तिम दिन,,आजपनि नेपाली कांग्रेसले बैठक चल्न नदिने भएको छ । सहकारी प्रकरणमा जोडिएका रवी लामिछानेलाई मुलकको गृह्रमन्त्री बनाएकोमा असन्तुष्ट बनेको नेपाली काँग्रेसले संसदको हिउँदे अधिवेशन अन्तर्गतको आज अन्तिम दिनको बैठक पनि चल्न नदिने जनाएको छ । आईतबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

यस बैठक सुरु भएदेखी नै सुचारु हुन नदिएको काँग्रेसको अडानको कारण सरकारले संसद अधिवेशन आज रातिबाट अन्त्यका लागि सिफारिस गरिसकेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।

सरकारले पठाएको संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। गिरीका अनुसार आजको कार्यसूचीमा कुनै फरक नपर्ने बताउनु भयो । बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिने उहाँको भनाइ छ।

यस्तै आजको संसद बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन्। आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी भैइरहेको छ। अघिपनि गत चैत २८ गते बसेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

पटक पटक कांग्रेसको सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको हो।

यता नेपाली कांग्रेसले आजको संसद बैठक बस्नु अघि नै पार्टीको संसदीय दलको बैठक बोलाएको छ। अहिले बिहान ८ बजे बस्ने सो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी स्रोतले जनाएको छ। ​

आजको कार्यसूची

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस