आज:  | Tue, 30, Apr, 2024

विराटनगरमा २ समुहबिच झपड हुदा प्रहरीद्वारा हवाई फायर

५ बैशाख २०८१, बुधबार १९:०१ मा प्रकाशित ( १ हफ्ता अघि) १८२ पाठक संख्या
नारी बाटिका


  1. विराटनगर ५ वैशाख।

विराटनगरको रानी क्षेत्रमा २ समुहबिच झपड हुदा तनाब ग्रस्त बनेको छ । दुई समुहको विवादले विराटनगरको– वडा नं. १५ स्थित रानी क्षेत्रमा तनाव सिर्जना भएकोछ ।

दुबै समुहबिच विवाद चरकिएपछी सो घटनालाई साम्य पार्न प्रहरीद्वारा हवाई फायर समेत गर्नु परेको हो ।

विराटनगर महानगरपालिका–१५ का स्थानीय युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी भैरहदा अर्को समूहले सो कार्यलाई अवरोध गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।

स्थिति नियन्त्रणका लागि भन्दै प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको हो ।यस्तै तनाबको अवस्था बढ्न नदिन ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस