आज:  | Sat, 04, May, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’मा

१० बैशाख २०८१, सोमबार १८:४९ मा प्रकाशित ( १ हफ्ता अघि) १४६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० वैशाख ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्धको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनायर अमेरिका पठाएको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० जना प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।

यस प्रकरणमा हाल थुनामा रहेका १० जना प्रतिवादीहरुले दायर गरेको रिटको सुनुवाई आजपनि हेर्दा हेर्दैमा सकिएको हो । आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित ११औँपटक हेर्दाहेर्दैमा राखिएको हो ।

यस प्रकरणमा तत्कालीन गृहसचिव टेक नारयाण पाण्डे सहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत सहितलाई विपक्षी बनाएर बन्दि प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस