आज:  | Tue, 21, May, 2024

आज मे १ तारिक १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस,तर घरभित्र काम गर्ने गृहणी महिलालाई कुनै फरक पार्दैन

१९ बैशाख २०८१, बुधबार ०८:१९ मा प्रकाशित ( २ हफ्ता अघि) १४५ पाठक संख्या
नारी बाटिका


बिबियु -नारी बाटिका संवाददाता

काठमाडौं -१९ वैशाख ।

आज मे,१ तारिक  मजदुर आन्दोलनको स्मरण गर्न विश्वभरमा १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र कामको सम्मानको प्रत्याभूति गर्ने उदेस्यले आजभन्दा १ सय ३५ वर्ष अगाडी अन्तर्राष्ट्रिय स्तरबाट दिवस बनाउन सुरु गरिएको हो । विशेष गरी श्रमजिवीहरुको हक, अधिकार स्थापित गर्न यस दिवस मनाईने गरिन्छ ।

यस वर्षको ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ विश्व मजदुर दिवस मनाउन लागिएको हो। सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

गरिव राष्ट्र मात्रै नभई विश्वका धेरै धनी देशहरुमा पनि विपन्न वर्गका मानिसहरु छन् । उनीहरुले गरेका श्रमबाट उब्जनी भएको खाद्यान्न बाली, फलफल,तरकारी,दुग्धजन्य वस्तुहरु माछामासु आदीबाट अन्य मानिसहरु खाएर बाँचीरहेका छन् । श्रमिक मजदुरहरुको कामको उचित ज्यालाकै लागी आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो ।

उक्त बम विस्फोट कसले र किन गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्‍यो। प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलता समेत हासिल गरेको विश्व इतिहासमा पाईन्छ ।

त्यसपछी सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । सो समययता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखका दिन विश्वब्यापी रुपमा श्रमिक दिवस मनाउन थालिएको हो।

विश्वका मजदुरहरुले यस दिवसलाई विशेष दिनका रुपमा गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा मजदुरको हक, अधिकार,उचित कामको उचित ज्यालाको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई नैतिक तथा कानुनी दबाब समेत दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँने गर्दछन्।

जस अनुसार नेपालको संविधानले पनि सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै श्रमिकहरुका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गर्दै आएको छ।

दिवसकै अवसरमा आज नेपालमा भएका विभिन्न मजदुर संगठनले विभिद कार्यक्रम गरी मनाउदै छन्। तर नेपालमा भने वि.सं २००७ मा विराटनगरमा भएको मजदुर आन्दोलनपछी यो दिवस मनाउन थालिएको हो। नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।

तर नेपालको सन्धर्वमा कुरा गर्नु पर्दा हाम्रो समाजमा रहेका घरभित्र दैनिक रुपमा दिनरातको प्रभाह नगरी गृहणी जिवन विताई रहका महिलाहरुलाई आजको मजदुर दिवसले कुनै फरक पार्दैन । किनकी खेतबारीको काम,मेलापत,,पानी पँधेरो,बालबच्चाको हेरचाह,सिहारसुसारमा नै दिनरात १८ घण्टा खटिरहेका हुन्छन् ।

महिलाले घरभित्र गरेका श्रम, कामको नत मुल्य नै हुन्छ नत कुनै विदा नै हुन्छ । चाडपर्व आयो,घरमा पाउनापाच्छा आए भने कामको बोझ अझै महिलालाई थपिन्छ । जति दुख परेपनि मनको पिडा लुकायर,मुहार हँसिलो बनायर काम गर्न पर्ने वाध्यता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस