
नारी बाटिका
बाँके २५ वैशाख।
हाल बाँकेमा अत्याधिक गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ। त्यसमाथी पनि दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्याधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेकोले त्यहाँको जनजिवन कष्टकर बन्दै गएको हो ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको छ। तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरिरहेको छ ।
हालको अत्याधिक गर्मी र तातो हावाबाट बच्न यस समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, अत्यावश्यक बाहेक घर बाहिर नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने गर्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।
यसैपगरी पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउने गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य संस्थामा गई कर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठले आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस