आज:  | Sun, 19, May, 2024

बिजुलीका मास्टर कुलमान घिसिङ माथि पनि अकुत सम्पत्तिमा छानबिन सुरु

२५ बैशाख २०८१, मंगलवार १८:५८ मा प्रकाशित ( १ हफ्ता अघि) ७२ पाठक संख्या
नारी बाटिका


पदीय दुरुपयोग गरी १ अर्बभन्दा बढी आर्जन गरेको दाबी

काठमाडौं २५ वैशाख ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एव्ं उज्यालो नेपालका मास्टर माइन्ड भएका कुलमान घिसिङलाई पनि भ्रष्ट्राचारको आरोप लागेको छ । उनले पदीय दुरुपयोग गरी आफ्नो भाइ तथा परिवारका सदस्यहरूलाई १ अर्ब रुपियाँ भन्दा बढी आम्दानी गराएकाले उनीहरूमाथि छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन थालेको छ ।

उहाँ र उहाँको परिवारका सदस्य विरुद्ध धेरै उजुरी परेकाले छानबिन थालेको ख्तियारले जानकारी दिएको छ । उहाँ बिरुद्ध ‘उजुरी आएकाले गम्भीरता पूर्वक छानबिन हुन्छ, अकुत सम्पति आर्जन गरेको देखिएमा सोही अनुसार कारबाही हुन्छ। अख्तियारले जनाएको छ ।

आयोगका अनुसार उजुरीमा कुलमान घिसिङ पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएपछि अपारदर्शी रूपमा आएको पैसा प्रयोग गरेर आफ्नो भाइ गणेश घिसिङको नाममा ३ करोडको कम्पनी दर्ता गराई प्राधिकरणको आवरणमा सोही कम्पनीबाट एक अर्बभन्दा बढीको कारोबार गरेको दाबी गरिएको छ।

यसैगरी अख्तियारमा परेको उजुरीमा घिसिङले आफ्नो पदीय दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको र सो सम्पत्ति आफ्नो परिवारका सदस्यको नाममा व्यापार व्यवसायमा लगानी गरेको दाबी गरिएको छ। नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका घिसिङले चिलिमे जलविद्युत् कम्पनीमा हुँदा समेत बनेपा धुलिखेल लगायतका ठाउँहरूमा २५ रोपनी भन्दा बढी जग्गा खरिद गरेको उनीमाथी आरोप लागेको छ ।

त्यसैगरी प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङको नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रा।लि। नामक कम्पनी स्थापना गरेकाले सो सम्बन्धमा समेत छानबिन गर्न उजुरीमा माग गरिएको छ।

उनका भाइहरूको नाममा रहेको सो कम्पनीले १७ वटा बैंकमा गरेर १ अर्बभन्दा बढीको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको लगानी रहेको कम्पनी दर्ता गर्न सक्ने भएको जिकिर गर्दै उजुरीमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानीको प्रयोग भएको दाबी गर्दै यस विषयमा गम्भीर छानबिन गरी सत्यतथ्य पत्ता लगाउन अख्तियार समक्ष माग गरिएको छ ।

यस्तै २०७३ सालमा प्राधिकरणको प्रबन्ध निर्देशकमा उनी नियुक्त हुनु भएको थियो भने आफ्नो भाइहरूको नाममा २०७४ सालमा तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गराउनु भएको आरोप लागेको छ । २०७४ सालमा स्थापना भएको कम्पनीको आम्दानी शंकास्पद देखिएको भन्दै २०७४ सालमा नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा राजस्वले छापा मारेर उक्त कम्पनीलाई ३ महिना बन्द गराएको थियो।

त्यसपछि विभिन्न शक्ति केन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरहरूलाई प्राधिकरणको कार्यकारी निर्देशक आफ्नो दाई कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामानहरू यही कम्पनी मार्फत् लानैपर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा लेखिएको छ।

साथै इक्रा नेपालले २०१२ सालमा करिब ४ अर्ब ४७ करोड रुपियाँ बराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रा।लि।को तत्कालीन मूल्य अनुसार ५५ करोड ८७ लाखको ९ लाख ६० हजार कित्ता अर्थात् १२.५ प्रतिशत सेयर खरिद गर्दा जम्मा ९ करोड ६० लाख मात्र देखाएर करछली समेत गरेको र सो रकम समेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएको भन्दै छानबिन गर्नुपर्ने उजुरीमा माग गरिएको बताइएको छ।

तस्वीर : अनलाईन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस