आज:  | Mon, 20, May, 2024

लामिछाने सहकारी ठगीमा संलग्न रहेको आधार भेटिएको : काँग्रेस

२८ बैशाख २०८१, शुक्रबार १३:३७ मा प्रकाशित ( १ हफ्ता अघि) १३१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ वैशाख ।

गृृह्रमन्त्री रवी लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आधार भेटिएको काँग्रेसले बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको नेपाली कांग्रेसले बताएको छ ।

संसदीय दलको बैठकपछि संन्चारकर्मीहरुसंग कुरा गर्नु हुदै प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान राखेको बताउनु भएको हो ।

उहाँले भन्नु भयो ,सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष छानविन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ ।

उहाँले त्यो आवश्यक छ भन्ने थप पुष्टि भएकोले अडान कायमै राख्ने निर्णय भएको र त्यस विषयमा स्वतन्त्र छानबिनको पुनःमाग गरेका छौँ ।’

यस्तै सरकारले गैर जिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको पनि कांग्रेसले निष्कर्ष निकालेको बताउनु भयो । यस विषयमा छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट पार्नु भयो ।

साथै संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने काँग्रेसको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस