आज:  | Tue, 18, Feb, 2025

जिल्ला प्रहरी कार्यलय धादिङद्ववारा छुट्टा छुट्टै चार दुर्घघटना सम्वन्धि प्रेस विज्ञप्ती जारी

२ जेष्ठ २०८१, बुधबार २०:१५ मा प्रकाशित ( ९ महिना अघि) २२३३ पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता

धादिङ २ जेठ ।

जिल्ला प्रहरी कार्यलय धादिङदरा छुट्टाछट्टै चार घटनाको सम्वन्धमा प्रेस विज्ञप्ती जारी गरिएको छ ।

२०८१ वैशाख २८ गते वेलुकी अ.८ बजेको समयमा धादिङ जिल्ला धुनीवेसी नगरपालिका २ थुम्का निवासी वर्ष ३५ की गोमा परियारले घरयासी विवादको तनाबमा आफैले आफैलाई पेट्रोल छर्किएर आगो लगाउँदा निजको शरिर जली घाईते अवस्थामा उपचारको लागी किर्तिपुर अस्पताल काठमाडौं पठाइएको छ ।

त्यस्तै जेठ १ गते मंगलबार अ. वेलुकी धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउम्पालिका २ छापागाउँस्थित रामवहादुर थापाको पसलमा ग्याँस लिक भई निजका मास तथा किनारा पसलमा आगलागी हुदा पसलको सामान जलेर नष्ट भएको छ ।      

साथै उक्त घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैगरी आज विहान अं.७ बजेको समयमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका ३ सितलबजारस्थित ना.५३प९२८३नं.को स्कुटरले सोही स्थान बस्ने अ.वर्ष ३६ की पैदलयात्री लक्ष्मी श्रेष्ठलाई ठक्कर दिदा निज महिला घाईते भई जिल्ला अस्पताल धादिङमा पठाएको र साथै घाईको अवस्था सामान्य रहेको प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक तथा प्रवत्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको छ ।

यसैगरी आजै अ. साँडे पाँच बजेको समयमा धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका १० स्थित पृथ्वीराजमार्गमा सप्तरीबाट काठमाडौं तर्फ लाँदै गरेको ना ८ ख ६४९७ नं.को यात्रुवाहक बस र विपरित दिशाबाट आउँद्र गरेको ना.६ ख ७३१६ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधान र चालक सहित बसमा सवार २० जना यात्रुहरु समेत घाईते भई उपचारको लागी स्थानीय मेडिकल मजिमटार पठाएको थियो । घाईतेहरु मध्य पाँचजनाको थप उपचारको लागी पुरानो मेडिकल कलेज चितवन तर्फ पठाईएको थियो ।

सो घटनापछी सडक एकतर्फी रपमा अवरुद्ध भएपनि प्रहरी चौकी जोगीमाराबाट प्र.स.नि.को कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिई घटनास्थलमा पुगी दुर्घटना भएका दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर दुबै तर्फ यातायात सुचारु गरिएको प्रवत्ता एवं् सचना अधिकारी मकेन्द्र मिश्रले जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस