आज:  | Sat, 27, Jul, 2024

इरानका राष्ट्रपति र परराष्ट्रमन्त्री सहित हेलिकप्टर दुर्घटनामा मृत्यु

७ जेष्ठ २०८१, सोमबार १३:२३ मा प्रकाशित ( २ महिना अघि) १५४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ७ जेठ।

इरानका राष्ट्रपति र परराष्ट्रमन्त्री सहित हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । (हिजो(आईतबार)इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति सहित सवार सबैको मृत्यु भएको प्रमाणित भएको हो ।

अलजजिराले जनाए अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि निधन भएको हो । उनी अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ ।

घटना हुनुअघि उनी दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइनको पनि निधन भएको छ । हिजोको हेलिकप्टर दुर्घटना भएसंगै घण्टौँ खोजी भएको थियो । इरानी कानूनअनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुने भएका छन् ।

कतारबाट प्रशारित विश्व समचार च्यानल अलजजिराका अनुसार मोख्बरले ५० दिन भित्रमा चुनाव गराउनु पर्नेछ । इरानी कानुनले राष्ट्रपतिको मृत्यु भएका उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति भएर सरकार चलाउने प्रावधान राखेको छ । सोही सरकारले ५० दिनमा चुनाव गराउनु पर्ने त्यस देशको कानुन रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस