आज:  | Sat, 27, Jul, 2024

सुर्खेतमा बस दुर्घटना हुंदा दुई जनाको मृत्यु, २१ घाइते

७ जेष्ठ २०८१, सोमबार १८:२६ मा प्रकाशित ( २ महिना अघि) १६४ पाठक संख्या
नारी बाटिका


सुर्खेत ७ जेठ।

दैलेखबाट सुर्खेत तर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । आज दैलेखबाट सुर्खेत तर्फ आउँदै गरेको बस सुर्खेतमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(७ कटकुवा नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी हुनेमा दुल्लु नगरपालिका(१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका(५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका(६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनु भयो।

साथै उक्त गाडीमा सवार अन्य २१ जना यात्रु घाइते भएका छन् भने एक जनाको गम्भीर रहेको बताईएको छ । यस्तै घाइते भएका अन्य २० जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाइते भएकाहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो बस सडकबाट निकै तल खसेको तर रूखमा अड्कीएको हुनाले थप मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ । बस तीव्रगतिमा भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस