आज:  | Sat, 27, Jul, 2024

डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा फैलियो सर्तकता अपनाउन आग्रह

११ जेष्ठ २०८१, शुक्रबार १८:५१ मा प्रकाशित ( २ महिना अघि) १५४ पाठक संख्या
नारी बाटिका


धादिङ ११ जेठ ।

गर्मी मौसम लागेसंगै डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा फैलिएको छ । मौसम परिवर्तनसँगै वर्षा हुन थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार वर्षा हुन थालेपछि ै डेङ्गु रोगको सङ्क्रमण पनि फैलिन सुरु गरेको हो ।

गर्मीयाममा बढी मात्रामा सुख्खापन हुने प्रसस्त मात्रामा धारामा पानी नआउँदा पिउने पानीको समस्या हुने भएकोले मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिनु भयो । उहाँका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ ।

यस्तै पानी पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गर्नु भयो ।“पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ”, उहाँले भन्नु भयो, “त्यसैले गर्मी मौसम लागेसंगै सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खाली र खुला ठाउँमा पानी जम्न नदिन होसियारी अपनाउनु पर्दछ ।

यसैगरी लामखुट्टे मार्ने अभियान चलाउनु पर्दछ ।” गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । तर हालसम्म यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उहाँले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनु भयो ।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । त्यही फुलबाट लार्भा निस्कन्छ र त्यस लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।

“गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ”, उहाँले भन्नुभयो । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्ने गर्दछ ।

लामखुट्टेको टोकाईबाट बच्नका लागि सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित गरी पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस