आज:  | Sat, 27, Jul, 2024

आज ७१ औँ सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाईँदै

१६ जेष्ठ २०८१, बुधबार ०७:४८ मा प्रकाशित ( १ महिना अघि) १४४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १६ जेठ ।

हरेक वर्ष मे २९ तारेखका दिन अन्तराष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । जस अनुसार नेपालमा पनि ७१ औं सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आजभन्दा ७१वर्षअगाडी सगरमाथाको शिखरमा मानव पाइला राखेको स्मरणमा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरिएको हो ।

सगरमाथा कै देश भनेर परिचित रहेको नेपालमा सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमा नै यो दिवस मनाउने निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव भन्ने नाराका साथ मनाउन लागेको छ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशक यता सगरमाथा आरोहणमा निकै आकर्षण बढेको पाईन्छ । केही वर्षअघि विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा केही समयपच्छाद् नेपाली र विदेशीको आकर्षकको गन्तव्य बनिरहेको छ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन्। सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ। त्यस्तै आज मानिस र सगरमाथाबिचको सामिप्यता बढाउने दिनका रुपमा पनि लिई गरिएको छ । विदेशी मात्रै नभई नेपाली नागरिकहरुको समेत गन्तव्य बन्दै गएको सगरमाथा आरोहण पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस