आज:  | Sat, 27, Jul, 2024

पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने तयारी

२४ जेष्ठ २०८१, बिहीबार १८:५१ मा प्रकाशित ( १ महिना अघि) २१९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २४ जेठ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने तयारी गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरोकारवालाहरूको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र सहकारी समस्याको ठोस योजना ल्याउन लागिएको हो ।

मन्त्रालयले सहकारी समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबार मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिनु भएको छ ।

मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको संयोजक रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको जनाईएको छ । साथै यस योजनालाई अन्तिमरुप दिएर मन्त्रीपरिषद्को बैठक मार्फत निर्णय गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताउनु भयो ।

मन्त्री अधिकारीका अनुसार मन्त्रालयले कर्जा असुली न्यायाधिकरण गठन, स्वायत्त किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सूचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ विवरण सङ्कलन गर्ने लगायतको ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सो सम्वन्धि आजको छलफलमा प्रधानमन्त्री सहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरि, मुख्य सचिव वैकुण्ठ अर्याल, गृह, कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस