आज:  | Thu, 18, Jul, 2024

देशको सुरक्षामा केन्द्रित गर्ने भन्दै विशिष्ट व्यक्तिका२७१ सुरक्षाकर्मी फिर्ता

१ असार २०८१, शुक्रबार १९:५३ मा प्रकाशित ( १ महिना अघि) १७७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३२ जेठ।

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको लागी सुरक्षामा खटाइएका २४१ जना सुरक्षकर्मीलाई फिर्ता गरेको जनाएको छ। सुक्रबार गृहमन्त्री रवि लामिछानेको सय दिने कार्य उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा २७१ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी गराइएका हुन् ।

फिर्ता बोलाईएका सुरक्षाकर्मीहरु मध्य नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

गृहमन्त्री लामिछानेका अनुसार सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण लगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस