आज:  | Tue, 18, Feb, 2025

दुई दलीय शासन व्यवस्था स्वीकार्य हुँदैन, माधव नेपाल

३१ श्रावण २०८१, बिहीबार ०४:०३ मा प्रकाशित ( ६ महिना अघि) १६२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ साउन ।

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएपछी प्रिितनिधीसभाको पाँचौ दलको हैसियत भएको नेकपा एकीकृत समाजवादीले विरोध जनाएको छ । बुधबार नेकपा (एसका)का अध्यक्ष माधव नेपालले दुई दलीय शासन व्यवस्था स्वीकार्य नहुने बताएका छन्। प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले कांग्रेसर एमालेबीच भएको सात बुँदे सहमतिको नियतमा प्रश्न उठाउँदै यस्तो बताएका हुन्।

नेपालले भने, ‘प्रधानमन्त्री यहाँ भइदिएको भए कस्तो राम्रो हुन्थ्यो। उहाँले यहाँ संविधान संशोधनको कुरा गर्नुभयो। अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन व्यवस्था नेपालमा आउन सक्दैन र हामी दिँदैनौ पनि । बहुदलीय व्यवस्था हामीले ल्याएका हौं। यही रहन्छ। कमीकमजोरीलाई सुधारेर जान सकिन्छ।’

यस्तै अध्यक्ष नेपालले भने मध्यरातमा सहमति गर्नुबाटै हामीले यिनीहरुको नियत बुझेका छौँ । उनले ‘हाम्रो शेरबहादुर माननीय पनि साह्रै सोझो हुनुहुन्छ। उहाँ बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ, फेरि बुझ्न त सिपालु हुनुहुन्छ। ख्याल गर्नुस्, दुई दलीय शासनले देशलाई नोक्सान पुर्‍याउँछ। दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा जनतालाई स्वीकार्य छैन।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस