आज:  | Tue, 10, Sep, 2024

खुम्बुको पासाङ ल्हामु गाउँपालिका ५ थामेमा सुक्रबार आएको बाडीले ठुलो क्षति

१ भाद्र २०८१, शनिबार ०४:५२ मा प्रकाशित ( ३ हफ्ता अघि) ११४ पाठक संख्या
नारी बाटिका


सोलुखुम्बु १ भदौ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेमा सुक्रबार दिउसो आएको भिषण बाढीका कारण १४ वटा भवनहरूमा पूर्ण रुपमा क्षति भएको जनाईएको छ ।
हिजो दिउँसो अपरान्ह भिषण बाढी आउँदा ७ वटा घर, ५ वटा होटल, एक वटा औषधी पसल र एक वटा विद्यालयको होस्टेल समेत बाढीले बगाएको छ ।साथै सोही बाढीका कारण दुधकोसी नदीमा मानीको बहाव पनि बढेको छ । दुधकोसी नदीमा बहाव बढेसँगै खुम्बु जोड्ने ओर्लाङघाटमा रहेको मोटरएबल पुलमा समेत क्षति पुगेको छ ।

त्यसैगरी सोही बाढीले नदिको बहाव बढेपछी सोताङ गाउँपालिका १ दिप्ली घाटमा रहेको बेली बृज पनि बगाएको छ । उक्त घटनापछी खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गरी स्थानीय सरकार,प्रशासन र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य भइरहेको जनाएको छ ।

अविरल वर्षासंगै खराब मौसमका कारण थप उद्धारमा कठिनाइ भएको गाउँपालिकाको विज्ञप्तिमा जनाएको छ । साथै गाउँपालिकाले खोजी कार्य, उद्धार, राहत तथा पुनः स्थापनाको लागी विभिन्न सङ्घ संस्था, प्रदेश सरकार र संघिय सरकारलाई पनि अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस