
नारी बाटिका
एजिन्सी
जापानमा एम्पिल नामक समुद्री आँधी शान्त भएको केही दिन नवित्दै फेरी शानशान नामक अर्को आँधी शक्तिशाली रुपमा पश्चिमी र पूर्वी जापान पुग्ने सम्भावना रहेको जापानी संन्चार माध्यमहरुले बताएको छ ।
सो आँधी आउँदो आइतबार पश्चिमी प्रशान्तमा टोकियोको दुर्गम ओगासावारा टापु श्रृंखलाको नजिक आउने अनुमान गर्दै शतर्क रहन जापान सरकारले आग्रह गरिएको छ ।
जापानी मौसम विज्ञान महाशाखाले जनाए अनुसार एजेन्सीले शानशान आँधी शक्तिशाली हुँदै अर्को हप्ता पश्चिमी र पूर्वी जापान पुग्ने सम्भावना रहेको बताएको छ । एजेन्सीले बिहीबार जापानको समय अनुसार बिहान ३ बजे मारियाना टापु नजिकै सो आँधी उत्पन्न भएको र ओगासावारा टापु पुग्नु अघि बिस्तारै उत्तरपश्चिम तर्फ सर्न सक्ने अनुमान गरिएको छ।
साथै जापानका मौसम अधिकारीहरूले आँधी शक्तिशाली हुँदै अघि बढिरहेकाले मानिसहरूलाई यस विषयमा जानकारी लिइरहन आग्रह पनि गरिरहेका छन् ।







प्रतिक्रिया दिनुहोस