
नारी बाटिका
बिबियु नारी संन्चार संवाददाता
काठमाडौं १४ भदौ ।
जापानमा यस वर्षकै सबैभन्दा शक्तिशाली शानसान आँधीबाट तीन जनाको मृत्यु २५० घरमा क्षति पुगेको छ । बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । जापानी मिडियाका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा समेत भइरहेको थियो ।
उक्त आँधीले धेरै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको जापानको मौसम विज्ञान विभाग एजेन्सीले जनाएको छ ।
जापानको क्योडो न्युजका अनुसार बिहीबार गामागोरीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसबाहेक २ जना घाइते भएका छन् । यस आँधीबाट देशभर १० लाख मानिस प्रभावित भएका छन् । सोही क्रममा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
साथै कागोसिमा प्रिफेक्चरमा विगत ४८ घण्टामा १ हजार १ सय मिलिमिटर वर्षा भएको मौसमविद्ले अनुमान गरेका छन् ।, जुन यो वर्षको औसत वर्षाको झण्डै आधा हो । भारी वर्षाका कारण सत्सुमासेन्दाई सहर नजिकै पहिरो समेत गएको छ ।
यसैक्रममा जापान सरकारले कागोशिमाका केही क्षेत्रमा स्तर ५ को आपतकालीन चेतावनी जारी गरेको छ । यो देशमा विपद्को समयमा दिइएको सबैभन्दा ठूलो चेतावनी हो । यसमा मानिसहरूलाई आफ्नो घरमा बस्न र तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ।
उक्त समयमा सबै स्थानमा संन्चालित ट्रेनहरू रद्द गरिएका थिए । बस तथा अन्य सवारी साधन चलाउन पनि रोक लगाइएको थियो । ििवभिन्न संन्चार माध्यम तथा जापान सरकारले लेभल ५ को चेतावनी जापानमा यसअघि तीन पटक मात्र जारी गरिएको थियो। जुलाई २०१४ मा ओकिनावा प्रिफेक्चरमा शक्तिशाली टाइफुन आएपछि पहिलो पटक यस्तो चेतावनी जारी गरिएको थियो ।
त्यसयता अक्टोबर २०१६ मा पनि ओकिनावामा यस्तै चेतावनी जारी गरिएको थियो । यसैगरी सेप्टेम्बर २०२२ मा क्युशु आइल्याण्डमा यस्तै चेतावनी जारी गरिएको थियो । जापान एयरलाइन्सले बुधबार र बिहीबारका १७२ आन्तरिक उडान र ६ अन्तर्राष्ट्रिय उडान रद्द गरेको घोषणा गरेको छ ।
दोस्रो एयरलाइन्स एएनएले २१९ आन्तरिक उडान र चार अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । उडान रद्द हुँदा २५ हजारभन्दा बढी यात्रहरु यसबाट प्रभावित भएका छन् । कुमामोटो र कागोशिमा बीच चल्ने बुलेट ट्रेन पनि रद्द गरिएको थियो । कार निर्माता कम्पनी टोयोटाले जापानका आफ्ना १४ वटा कारखानामा आँधी कम नभएसम्म उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।







प्रतिक्रिया दिनुहोस