आज:  | Sun, 12, Jan, 2025

प्रहरीमा उमेर हद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

२१ भाद्र २०८१, शुक्रबार ११:३६ मा प्रकाशित ( ४ महिना अघि) ४३२ पटक पढिएको
नारी बाटिका


काठमाडौं– २१ भदौ ।

सर्वोच्च अदालतले नेपाल प्रहरीमा उमेर ‍हद सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी नहुने तर अग्राधिकार दिने निर्णय गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको थियो। उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका हुन्।

प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन अन्तरिम आदेश माग सहित सर्वोच्च अदालतमा रिट हालेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस