आज:  | Tue, 08, Oct, 2024

विदेशका खबर : नाइजेरियामा इन्धन ट्यांकरमा विस्फोट हुंदा कम्तीमा५२जनाको मृत्यु

२५ भाद्र २०८१, मंगलवार ०६:३८ मा प्रकाशित ( ४ हफ्ता अघि) ५९ पाठक संख्या
नारी बाटिका


काठमाडौं – २५ भदौ ।

नाइजेरियामा इन्धन ट्यांकरमा विस्फोट हुंदा कम्तीमा ५२ जनाको मृत्यु भएको बताईएको छ । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किएर विस्फोट हुंदा कम्तीमा ५२ जनाको मृत्यु भएको त्यहाँका संन्चारमाध्यमले बताएका छन् ।

सो घटनाको सम्वन्धमा नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा)का प्रवक्ता इब्राहिम हुसेनीले जानकारी गराएका थिए। ‘इन्धन लोड गरिएको पेट्रोल ट्यांकर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग एक्कासी ठोक्किन जाँदा यो घटना भएको सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै सोही दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन्। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्यांकर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय क्षति हुंदै आएको छ।

उक्त इन्धन ट्यांकरको दुर्घटना भएलगतै स्थानीयवासीले चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ । त्यस्तै सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापरबाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको बताईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस