आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

स्टिङ अपरेसन’लगायतमा समाचार लेखेको आरोपमा सिधा कुरा डटकमका तीनै जनालाई कैद सजाय

२०८१ आश्विन १४, सोमबार मा प्रकाशित ( ११ महिना अघि) ९३८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं– १४ असोज ।

सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै तिनै जनालाई कैद सजाय सुनाएको छ । साथै त्यसै सवालमा कैद सजाय सुनाएकाहरुमध्य सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई जेल सजाय हुने भएको हो । सर्वोच्च अदालतको आदेश अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन(तीन महिना कैद सजाय सुनाएको छ ।

साथै सिधाकुरा डट कमलाई पनि सर्वोच्चले रु,५ हजार जरिवाना सुनाएको छ । सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुनः त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको सहभागितामुलक इजलासले यस फैसला गरेको हो।

सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचारमा अख्तियारले गर्ने स्टिङ अपरेसन सम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी सहित प्रसारण गरेको आरोपमा संस्चार संस्था सहित सो का कर्मचारी तथा संन्चालकहरुलाई यस्तो सजाय हुने भएको हो ।

सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको आरोप लागेको छ ।

उक्त संन्चारमाध्यबाट यसरी समाचार प्रसारण भएपछि यी सबै समचारहरु भ्रामक र झुट्टा हुन् भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइ रिट दायर गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस