आज:  | Tue, 08, Oct, 2024

विपद्को समयमा उचित व्यवस्थापनमा चुकेको भन्दै गृह्रले दुई जिल्लाका प्रजिअ फिर्ता बोलायो

१४ आश्विन २०८१, सोमबार १५:१९ मा प्रकाशित ( १ हफ्ता अघि) १४५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ – १४ असोज ।

अविरल वर्षाले ठुलो धनजनको क्षति भएको अवस्थामा सही समयमा उचित व्यवस्थापन गर्नमा चुकेकोले धादिङ र काभ्रेका प्रजिअलाई गृह्रले आज फिर्ता बोलाएको छ । गत बिहिबारदेखीको भारी वर्षाले धादिङको झ्याप्ले खोला घटनामा ४ वटा गाडी पहिरोले पुरिएर हालसम्म ३५ जनाको मृत्यु भएको थियो ।

यसैगरी काभ्रेविपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृहले मन्त्रालयमा तानिएको हो ।

राजेन्द्रदेव पाण्डेका ठाउँमा आज गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइ खटाएको छ । दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनु भयो ।

यति ठुलो विपद्मा उचित व्यवस्थापन गर्न नसकेको भन्दै आजै धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई मन्त्रालय तानिएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सचेत रहन दिएको थियो ।

पूर्वानुमान जानकारीपछी काठमाडौंबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरूलाई भने सञ्चालनमा रोक लगाइएको थिएन ।
अविरल वर्षा र बाढी पहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्ग अन्तर्गतको झ्याप्लेखोलामा ४ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

यसैगरी काभ्रे जिल्लामा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । गत बिहीबारदेखि शनिबारसम्मको लगातार वर्षापछिको बाढीपहिरोबाट काभ्रेका रोशी, तेमाल, पनौती, बेथानचोक लगायत पालिकाहरु विपद्बाट बढी प्रभावित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस