आज:  | Tue, 08, Oct, 2024

प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दायर

१५ आश्विन २०८१, मंगलवार ०४:०७ मा प्रकाशित ( १ हफ्ता अघि) ७५ पाठक संख्या
नारी बाटिका


काठमाडौं– १५ असोज ।

केही समयदेखी सामाजिक अभियानको नाउमा सहकारीका ठगहरुलाई उचाल्दै हिडेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्र् जिल्ला अदालत काठमाडौँमा फेरी अर्को मुद्दा दायर भएको छ। शोमबार प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो।

प्रसाईं विरुद्धमा साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको छ। उनी यही असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्। प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन्।

युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप लागेको छ। अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन्।

मृत्युदण्डको मुखबाट जोगाएर दुबईबाट प्रसाईले पहलमान थापालाई आफुले नेपाल फर्काएको दाबी गरेका थिए। सो दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताएकी थिईन्।

त्यसपछि प्रसार्इंले उनको विरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा बसेर वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ?

प्रसाँले वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन।’ आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले नेपाल प्रहरीको अनुसन्धान ब्युरोमा जाहेरी दिएकी थिईन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस