
नारी बाटिका
उच्चस्तरीय चिनियाँ टोली काठमाडौमा
चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौ आइपुगेको छ ।
आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु दलबलसहित काठमाडौं आइपुगेकाहुन ।
चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छेन ग्याङ नेतृत्वको टोली काठमाडौं आइपुगेको हो । छेन सो पार्टीको साङ्घाई क्षेत्रका सचिव पनि हुन ।
टोलीमा नेपाल बिभाग प्रमुख सरला पनि छिन् ।
एमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले उनीहरूलाई स्वागत गरेका थिए ।

टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको हालै बसेको बैठकले गरेका निर्णय नेपाल सरकार र यहाँका राजनीतिक दलहरूलाई जानकारी गराउने छ ।
उनीहरु भोलि काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुनेछन । सो कार्यक्रममा बिआरआईको कार्यान्वयन र बिआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरुले धारणा राख्नेछन् ।
।
सो टोलीले सरकारका मन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छलफल गर्नेछ ।








प्रतिक्रिया दिनुहोस