आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

२०८१ कार्तिक १६, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२१०१ पटक पढिएको
नारी बाटिका


रौतहट १६ कार्तिक ।

आज बिहान रौतहटमा जङ्गली हात्तीको आक्रमण बाट एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा फतुवाबिजयपुर नगरपालिका–११ बटुवा निवासी ७० वर्षीय पातली माया घिसिङको हात्तीको आक्रमण बाट मृत्यु भएको प्रहरीले जनाएको छ । घिसिङ र उनका श्रीमान् दई बुडाबुढी मात्रै जङ्गल क्षेत्रमा घर बनाई बसोबास गर्दै आएका थिए।

आज बिहानै हात्तीले उनीहरुको घर भत्काउन थालेपछि दुवै जना भाग्ने क्रममा घिसिङलाई घर भन्दा २० मिटर पर आक्रमण गरी मारेको हो भने उनका श्रीमान् बुद्धिमान दोङ भागेर ज्यान जोगाएका छन् ।

अहिले घिसिङको शव पोस्टमार्टम गरी परिवारजनलाई बुझाउने ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक इन्द्रमान अधिकारीले बताए। केही दिन देखि रौतहटको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले किसानको बाली नष्ट गर्दै आएको र मानिसलाई पनि त्रास दिदै आएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस