आज:  | Wed, 30, Apr, 2025

मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालकको मृत्यु

१८ कार्तिक २०८१, आईतवार १३:५७ मा प्रकाशित ( ५ महिना अघि) ३२७९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ कार्तिक ।

तनहुँको बन्दीपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका(५ मा आज भएको दुर्घटनामा परी महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको व्यास नगरपालिका(२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार बागमती प्रदेश २(०२(००३ प ९९४२ नम्बरको मोटरसाइकल नालामा खसेको अवस्थामा फेला पारेको बताएएको छ। मोटरसाइकल राति नै नालामा खसेको प्रहरीको अनुमान छ। आइतबार बिहान स्थानीयले साहलाई मृत अवस्थामा फेला पारेका थिए।

मृत्यक साहको साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका(१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बीबीए तेस्रो वर्षमा अध्ययरत रहेको उल्लेख भएको प्रहरीको भनाइ छ । घटनाको विस्तृत विरण आउन बाँकी छ भने घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस