आज: २०८२ भाद्र ५, बिहिबार | Thu, 21, Aug, 2025

३ अर्ब ६२ करोड रुपैयाको लागतमा ७ वर्षमा सकिएको, चिलिमे–त्रिशूली प्रशारण लाइन

२०८१ कार्तिक २१, बुधबार मा प्रकाशित ( ९ महिना अघि) ५२५८ पटक पढिएको
नारी बाटिका


रसुवा -२१ कार्तिक ।

आजभन्दा ७ वर्ष अगाडी सूरु गरेको रसुवा जिल्लस्थित चिलिमे–त्रिशूली प्रशारण लाइन निर्माण कार्य बल्ल सम्पन्न भएको छ।भनिन्छ नि ,नेपाली बोलेरै दिन भिताउँछ,विदेशीहरु काम पुरा गर्न दिन रात खड्छ ? यस परियोजना लामो समयको अन्तरालमा निर्माण पूरा भएसँगै सो प्रशारण लाइनको परीक्षणको तयारी थालिएको छ।

अर्को तर्फ यस स्थानको भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको २२० केभी क्षमताको सो प्रशारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो।

निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको प्रशारण लाइनको बिजुली राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न सहज भएको देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थ क्षेत्रसम्मको प्रशारण लाइन निर्माण गरेको हो। त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रशारण लाइन यसअघि नै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको छ।

साथै यस प्रशारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर रहेको छ। प्राधिकरणको हाई भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रशारण लाइन निर्माण सम्पन्न भएको र अब परीक्षण प्रशारण थालिने जानकारी दिए।

यसैगरी यस प्रशारण लाइनको कूल लागत ३ अर्ब ६२ करोड रुपैयाँ बराबर छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो। भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोनसमेत प्रयोग गर्नुपरेको थियो।

प्रशारण लाइन पूरा भएसँगै १११ मेगावाट रसुवागढी, ४२ दशमलव ५ मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वन, त्रिशूली थ्रीबीको ३७ दशमलव ३ मेगावाट बराबरका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने तयारी गरएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस