आज:  | Tue, 03, Dec, 2024

एमालेलेलाई दान गर्ने भनिएको जग्गा आजै भाटभटेनीका नाममा जग्गा पास

२६ कार्तिक २०८१, सोमबार १५:२० मा प्रकाशित ( ३ हफ्ता अघि) ४७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ कात्तिक।

नेकपा एमालेलेलाई दान गर्ने भनिएको जग्गा भाटभटेनी कै नाममा पास गरिएको छ । आज उक्त जग्गा भाटभटेनी सुपर मार्केटले आफ्नो कम्पनीको नाममा ल्याएको हो । अर्कैको नाममा रहेको जग्गामा एमाले पार्टी कार्यलय भवन बनाउनको लागी भव्य कार्यक्रमकाबिच शिलान्यास गरिएसंगै चौतर्फी रुपमा आलाचित बनेको थियो । करिव १ महिनादिनपछि सोही जग्गा भाटभटेनीले आफ्नो कम्पनीको नाममा ल्याएको छ ।

मालपोत कार्यालय, कलंकीमा शोमबार मात्रै जग्गा पास भएको हो ।’ भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले जग्गादान घोषणा गरेको र एमालेको भवन शिलान्यास भएपछी एमालेभित्र पनि विवाद भएको थियो ।

अरुकै नाममा भएको जग्गामा भवन शिलान्यास भएपछी पार्टीभित्र र बाहिर मात्रै विवादित भएन ? अदालतसम्म पनि उजुरी गरिएको थियो । विवादको मुख्य कारण नै व्यापारीबाट जग्गा दान लिनु स्वार्थ देखिएको भन्दै निकै आलोचना भइरहेको छ ।

जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाइ छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै आज आफ्नो कम्पनीको नाममा सारेका हुन् ।

सर्वोच्चले आजैका लागि तोकिएको सुनुवाइ न्यायाधीशहरू डा। नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । न्यायाधीश पाण्डेय संसदीय सुनुवाइबाट अनुमोदन भएर आइतबार मात्रै नियुक्त भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस