आज:  | Sat, 03, May, 2025

लागूऔषधि सहित नुवाकोटबाट दुई जना युवक पक्राउ

२० मंसिर २०८१, बिहीबार ०३:१४ मा प्रकाशित ( ४ महिना अघि) ३९११ पटक पढिएको
नारी बाटिका


नुवाकोट २० मंसिर ।

प्रहरीले लागूऔषधसहित नुवाकोटबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका(२ घर भएका २३ वर्षीय सन्दीप पाण्डे र विदुर(१२ घर भएका २६ वर्षीय राजकुमार रिमाल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले छहरे–टोखा–विदुर सडकखण्ड अन्तर्गत लिखु गाउँपालिका(१ ढिकुरेस्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पक्रिएको हो ।

काठमाडौबाट ढिकुरेतर्फ आउँदै गरेको बा प्र ०१–००५ ख ९५७४ नम्बरको बस रोकी गाडीको दायाँ साइडको अन्तिम सिटमा पाण्डेलाई शंकास्पद अवस्थामा बसी रहेको देखिएकोले खानतलासी गर्दा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको थियो।

उनीहरुले बोकेको झोलाभित्र रहेका ३ वटा प्लाष्टिकको झोलाभित्र तीन प्रकारका औषधिजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। युवाहरुको साथमा ल्याएको डाइजेपाम इन्जेक्सन ८६ थान, वुप्रेनोर्फिन इन्जेक्सन ८९ थान र प्रोमेफाजिन इन्जेक्सन ८६ थान फेला परेको र पाण्डेलाई सोधपुछ गर्दा रिमालले काठमाडौंबाट विदुरसम्म ल्याउन लगाएको बताएपछि रिमाललाई समेत प्रहरीले पक्राउ गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस