आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

रवी लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गर्यौ

२०८१ मंसिर २०, बिहिबार मा प्रकाशित ( १ साल अघि) ९७७२ पटक पढिएको
नारी बाटिका


फाईल तस्वीर

पर्सा २० मंसिर ।

रवि विरुद्ध पर्सा जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको छ । साथै यससंगै उनीविरुद्ध पक्राउ पुर्जी जारी ५ जिल्ला पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव्ं पुर्वगृह्रमन्त्री रवि लामिछानेविरुद्धमा पर्सा जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको छ । बुधबार रवी लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पर्सा जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको हो।

उनीहरुले वीरगञ्ज बजारमा संन्चालित सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न रवी र छवीसहित १४ जनामाथि हिजो पक्राउ पुर्जी जारी भएको थियो ।

पर्सा जिल्ला अदालतले उनीहरुविरुद्धमा पक्राउ जारी गरी अनुसन्धान थाल्न बुधबार नै प्रहरीलाई अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए। लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सितापाइला सहकारीबाट ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको हो।

यसअघि लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले समेत पक्राउ पुर्जी जारी भइ अनुसन्धानको प्रकृया चलिरहेको छ।

गत कात्तिक २ गतेदेखी रवी लामिछाने कास्की जिल्ला प्रहरीको हिरासतमा छन् । यसै समयमा प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ। हिजो (बुधबार) देखी उनलाई चितवन जिल्लामा लगी बयान लिने कार्य भइरहेको छ।

चितवनपछि लामिछानेलाई पर्सा जिल्लास्थित सरकारी वकिलको कार्यलयमा समेत बयानका लागि लगिने तयारी छ। यसअघि रुपन्देही र काठमाडौँमा लगेर बयान लिइसकिएको छ भने बुधबार चितवन बयानका लागी लगिने क्रममा प्रहरी र रास्वपा कार्यकर्ताबिच तनाब सिर्जना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस