आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

जारी एनपिएलमा सट्टेबाजी गराउने तीनजना कीर्तिपुरबाट पक्राउ

२०८१ मंसिर २०, बिहिबार मा प्रकाशित ( १ साल अघि) ५८६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० मंसिर ।

काठमाडौं कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराउन भारतीय गिरोह सक्रिय भएको पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सट्टेबाजी गराएको पत्ता लगाएपछी थप तीन जनालाई पक्राउ गरेको छ।

बुधबार कीर्तिपुर क्रिकेट मैदानबाटै पक्राउ परेका उनीहरुलाई आज म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले बताउनु भयो। यसैगरी यसअघि पनि सट्टेबाजी गराउने चारजना भारतीय नागरिकहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि नै पक्राउ परिसकेका छन् ।

स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरुले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस