आज:  | Sat, 03, May, 2025

धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुंदा चालक र सहचालक वेपत्ता

२३ मंसिर २०८१, आईतवार १२:४७ मा प्रकाशित ( ४ महिना अघि) २३४५ पटक पढिएको
नारी बाटिका


धादिङ २३ मंसिर ।

आइतबार धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुंदा चालक र सहचालक वेपत्ता भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरस्थितमा चितवनबाट काठमाडौंतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटना भएको थियो। उक्त ग्यास बुलेट सडकबाट निकै तल खसेको देखिएको छ।

हालसम्म उक्त दुर्घटना ग्रस्त बुलेटको उद्धार कार्य जारी छ। यद्यपि घाइते कोही पनि नभेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। चालक र सहचालकको अवस्था अज्ञात रहेकोले खोजी भइरहेको छ।

सडकदेखी भिरमा खसेको गाडीको केही भाग अड्किएको छ भने सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरिएको छ।

साथै उक्त ग्यास बुलेट दुर्घटनामा परेको कारण ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस