आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

अवहेलना मुद्दामा रास्वपाका नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ

२०८१ मंसिर २६, बुधबार मा प्रकाशित ( १ साल अघि) ६६९७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २६ मंसिर ।

अदालतलाई अवहेलना गरेको भन्ने आरोप सहितको मुद्दामा सर्वोच्च अदालतले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त रुपको इजलासले मंगलबार रास्वपाका नेताहरूसँग लिखित रुपमा जवाफ माग गर्ने आदेश गरेको हो।

हालसम्म पाँच जिल्लामा संन्चालित विभिन्न नामको सहकारी संस्थाहरुको रकम हिनामिना गरेको आरोपमा पक्राउ परी अनुसन्धानको चरणमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी कसुरमा रट दायर गरेका थिए।

उक्त रिटमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का केन्द्रीय पदाधिकारी समेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दावी गरिएको छ।

साथै सोही अवहेलना कसुरको निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोविता गौतम लगायतलाई विपक्षी बनाइएको छ। सर्वोच्चले विपक्षी बनाइएका सबैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस