
नारी बाटिका
काठमाडौं २१ फागुन।
अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई धमाधम नेपाल फिर्ता पठाउन थालिएको छ । अमेरिकाको राष्ट्रपतिमा ट्रम्प आएसंगै परिवर्तन भएको नीतिले प्रवासीहरुलाई निकै अप्ठयारोमा पारेको हो ।
यसअघि पनि डोनाल्ड ट्रम्पले अमेरिकाको नेतृत्व गरिसकेपछि गैर आवासीय नागरिकलाई अप्ठ्यारो परेको थियो । ट्रम्प प्रशासनकालदेखि नै अमेरिकाले अवैध आप्रवासीहरूको पहिचान गरी उनीहरूलाई फिर्ता पठाउने नीति लागू गरिरहेको छ।
हाल अमेरिकी आप्रवासन नीति अन्तर्गतको कानुनले अवैध रूपमा बस्दै आएका नेपाली फिर्ता गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ । जस अनुसार कागजात विहीन ८ नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे ८ नेपाली लिएर विमान विमानास्थलमा अवतरण गरेको थियो ।
अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीलाई स्वदेश फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताएका छन् । उनीहरूलाई अमेरिकी प्रशासनले आफ्नो विशेष विमान मार्फत बुधबार फिर्ता पठाएको हो ।
विभिन्न माध्यमबाट अमेरिका गएर लुकिछिपी बस्दै आएका नेपालीको संख्या हजारभन्दा बढी भएको बताएको छ । त्यस्ता नेपालीलाई पहिलो पटक विमान चार्टर गरी नेपाल मै फिर्ता गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएको छ।
साथै नेपाल फिर्ता पठाईएका व्यक्तिहरूलाई नेपाल प्रहरीले सोधपुछ गर्ने भएको छ ।







प्रतिक्रिया दिनुहोस