आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको समाचार झुटो रहेको “नेपाल प्रहरी

२०८२ बैशाख १५, सोमबार मा प्रकाशित ( १0 महिना अघि) १२३०८ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १५वैशाख।

नेपाल प्रहरीले तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह–महामन्त्रीका छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ।

आइतबार नेपाल प्रहरीले एक विज्ञप्ती जारी गर्दै प्रहरीले तीनकुने घटनामा नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरालाई नियन्त्रणमा लिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समचार झुटो हो भनेर स्पष्ट पारेको हो ।

‘ केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह(महामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ ।

साथै सो सन्दर्भमा, कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’ भन्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस