
नारी बाटिका
काठमाडौं १९ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म सञ्चालन गरिने स्पष्ट पारेको छ।
शिक्षकको करिव १ महिनासम्म संन्चालित आन्दोलनले रोकिएको विद्यालयका सम्पुर्ण गतिविधिहरु आजदेखी संन्चालन हुने भएकोले परिक्षाको कार्यतालिका अनुसार नै परिक्षा हुने जनाएको हो । तर परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा यसप्रति बोर्डले आपत्ति जनाउँदै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो। नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो।
पछिल्लो पटकको वार्तामा सरकार र शिक्षक महासङ्घको सहमति भएकासंगै बोर्डद्वारा निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने जनाएको छ। बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइट मार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ।
बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले परिक्षा गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचना मार्फत आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस