आज:  | Tue, 13, May, 2025

पाकिस्तान विरुद्धको आक्रमण स्थगित भएको हो,तर नरोकिएको प्रम मोदी

३० बैशाख २०८२, मंगलवार ०६:५१ मा प्रकाशित ( ६ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३० वैशाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबिचमा आक्रमण स्थगित भएको हो, तर नरोकिएको बताएका छन् मोदीले पाकिस्तानमा रहेका सयभन्दा बढी आतंकवादी मारेको समेत दाबी गरेका छन्।

प्रधानमन्त्री मोदीले गएराति राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनु पर्नेमा उल्टै भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका छन्।

भारतले पाकिस्तान विरुद्ध गरेको आक्रामाक कारवाहीपछि विश्वभर बच्नको लागि गुहार मागेको प्रधानमन्त्री मोदीले दाबी गरेका छन्। उनले सोही सम्बोधनका क्रममा पाकिस्तानले आक्रमण रोक्न गुहार मागेएको दाबी गर्दै अब आफ्नो तर्फबाट कुनै आक्रमण नहुने प्रतिबद्धतापछि युद्धविराम गरेको बताएका हुन्।

हाल भारतले पाकिस्तानविरुद्धको आक्रमण स्थगित मात्र गरेको र पाकिस्तानको आगामी दिनको व्यवहारले यसलाई कति लामो सम्म स्थगित गर्ने भन्ने निर्धारण गर्ने बताएका छन् ।

भारतका स्थल, जल र हवाई सेना अहिले पनि उच्च अलर्टमा रहेको बताउदै मोदीले भारतमाथि फेरी आक्रमण भएमा त्यसको आफ्नै अनुसार जवाफ दिने स्पष्ट पारेका छन्। यस्तै उनले परमाणु शक्तिको ब्ल्याक मेल भारतले नसहने बताउदै भारतले परमाणु शक्तिको आडमा हुने आतंकवादी गतिबिधिको सधैविरुद्धमा हुने बताए।

उनले पाकिस्तानले पालेको आतंकवादले एक दिन पाकिस्तानलाई नै समाप्त पार्ने भएकोले यसलाई समाप्त गर्नुपर्ने सुझाव समेत दिए। अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको बताउदै मोदीले बिदा मनाउने निर्दोष नागरिकहरूलाई उनीहरूको धर्म सोधेर उनीहरूका परिवार र बच्चाहरूको अगाडि निर्ममतापूर्वक हत्या गरिएको बताए।

यसैगरी प्रधानमन्त्री मोदीले भने––यो आतंकको एकदमै भयानक अनुहार थियो। क्रूरता थियो। यो पनि देशको सद्भाव तोड्ने घृणित प्रयास थियो। मेरो लागि व्यक्तिगत रूपमा, यो पीडा ठूलो थियो।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस