आज:  | Fri, 30, May, 2025

सर्वोच्चले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न आदेश

१५ जेष्ठ २०८२, बुधबार ०६:३१ मा प्रकाशित ( २ दिन अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौं -१४ जेठ।

सरकारले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय गरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

मंगmबार न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।

सर्वोच्चले आदेशमा भनिएको छ, “शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२(१(२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२(१(३० को सूचना कार्यान्वयन नगर्नू।”

त्यस्तै आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न भनिएको छ।

यसअघि नेपाल सरकारले गरेको उक्त निर्णयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइ पीडित विद्यार्थी एलिजा पाण्डेसहितका टोलिले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले आदेश गरिएको हो।

साथै सरकारलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस