आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

२०८२ अषाढ १०, मंगलबार मा प्रकाशित ( ९ महिना अघि) ६६६६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१० असार ।

पछिल्लो समयमा विश्वका केही राष्ट्रहरुमा भएका आतंकारी हमलाले तेस्रो विश्व युद्धको त्रास बढीरहेको बेला इरानद्वारा कतारको राजधानी दोहा नजिकैको यो सैन्य अड्डामा मिसाइल प्रहार गरेको छ ।

गएराति
पछिल्लो समयमा विश्वका केही राष्ट्रहरुमा भएका आतंकारी हमलाले तेस्रो विश्व युद्धको त्रास बढीरहेको बेला इरानद्वारा मिसाइल प्रहार गरेसँगै त्यस क्षेत्रमा विस्फोटको आवाज सुन्निएको र आकाशमा ज्वालामुखी दृश्य देखिएको अल जजिराले जनाएको छ। अल उदेइद बेसमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।

आक्रमणका सम्वन्धमा इरानी अधिकारीहरूका अनुसार, आक्रमण अघि कतार सरकारलाई जानकारी दिइएको थियो। इरानमाथि अमेरिकाबाट आणविक केन्द्रमा सम्भावित आक्रमणपछि बदला स्वरूप कारबाही हुने अनुमान पनि गरिएको थियो।

यसअघि अमेरिका र बेलायत सरकारले आफ्ना नागरिकहरूलाई कतारमा सतर्क रहन र सोमबार घरबाहिर ननिस्कन चेतावनी दिएका थिए। त्यस्तै तार सरकारले पनि तत्कालका लागि आफ्नो आकाशमार्गमा हुने सबै उडानहरू रद्द गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस