आज:  | Thu, 26, Jun, 2025

८ एग्रोभेट पसलको अनुगमन गर्दा ६ वटा जरिवानासहितको कारवाही

१२ असार २०८२, बिहीबार १८:०४ मा प्रकाशित ( ६ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१२ असार ।

धादिङमा ८ एग्रोभेट पसल अनुगमन गर्दा ६ वटा जरिवानासहितको कारवाही गरेको छ ।

जिल्ला अनुगमन समितिद्वारा गजुरी गाउँपालिका र गल्छी गाउँपालिका क्षेत्रका ८ एग्रोभेटहरुलाई जरिवाना गरेको छ । समितिले अनुगमनका क्रममा ८ वटा एग्रोभेटहरुको चेकजाँच गर्दा ६ वटा एग्रोभेटलाई ५ हजारका दरले जरिवाना गराएको हो । साथै उनीहरु मध्य विना दर्ता सञ्चालन भएका २ वटा एग्रोभेटलाई सातदिनभित्र जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन गरिएको छ ।

यसरी कारवाहीमा पर्र्नेमा गजुरी गाउँपलिका वडा नम्बर १ मा संन्चालित न्यू आर एस इन्टरप्राइजेजको अनुगमन गर्दा पसलमा आधिकारिक व्यक्ति नभएको, म्याद सकिएको सामाग्री औषधि तथा बीज भेटिएको, मूल्य सूचि नभएको, बिउहरूको पहिचान नहुने किसिमको बिउ बिक्री गर्ने गरेको,भेपटएको थियो ।

यसैगरी सोही पसलमा इजाजत, पसल दर्ता गरिएका आधिकारिक नभएको मूल्य नराखिएको औषधीहरु बिक्री गर्ने गरेको पाइएकोले हाललाई ५ हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ ।

आफूले लामो समयदेखि  यसैगरी पसल चलाएको बताउँदै पसल संचालक तिर्थराज उप्रेतीले अनुगगमनले केही नहुने बताउँदै आफूले गरेको गल्तीमा माफी समेत माग्नु भएको थियो ।

समितिका संयोजक रोशन राइको नेतृत्वमा गरिएको अनुगमनमा गजुरी गाउँपालिका  वडा नम्बर १ मा रहेको विरगंज बिज भण्डार, सोही गाउँपालिका ६ मा रहेको विष्णु भेटनरी, खतिवडा एग्रोभेट, गल्छी गाउँपालिका ७ मा संन्चालित न्यू एग्रो सेन्टर, दिर्घायु भेटफर्मालाई ५(५ हजारका दरले जरिवाना गरिएको जनाइएको छ ।

अनुगमनका क्रममा टोलिले सबै पसलमा बिउ विजन, विषादीमा कैफियत भेटिएको र न्यूनतम जरिवाना गरी  आगामी दिनमा सुधार गर्नका लागि आग्रह गरिएको जिल्ला अनुगमन समितिका संयोजक राइको भनाइछ । त्यस्तै गल्छी गाउँपालिका ७ मा संन्चालित अधिकारी एग्रोभेट एण्ड क्लिीनिक २०५४ सालदेखि सञ्चालन गर्दै आएको र अनुगमनहरु धेरै आएको बताएका थिए ।

अनुगमन टोलीले सोही क्रममा व्यवसाय दर्ता, इजाजत, आदी केही नभेटिएकोले ७ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ भने गल्छी गाउँपालिका ४ मा सुकुमायाँ नेपालीले सञ्चालन गरेको एग्रोभेट एकहप्ताभित्र दर्ता प्रकृया सकेर जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ ।
यसैगरी व्यवशायीहरुलाई गतवर्ष पनि अनुगमन गर्दा दिएको निर्देशन पालना नगरिएको, मूल्यसूचि नराखिएको, नेपालीले नबुझ्ने किसिमको औषधी तथा बिउ विजन विक्रि गरेको, उत्पादन मिति नभएको जस्ता समस्याहरु एग्रोभेटहरुमा भेटिएको जिल्ला अनुगमन समितिका संयोजक राईले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस