आज:  | Tue, 01, Jul, 2025

विदेशिएका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

१३ असार २०८२, शुक्रबार ०६:३३ मा प्रकाशित ( ४ दिन अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१३ असार ।

नेपाली नागरिकहरु श्रमको लागी गन्तव्य मुलुकमा रहेकाहरुको सूचना र विवरण संकलन गर्न सरकारले नया ‘श्रम संसार एप’ प्रयोगमा ल्याउने भएको छ । संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ बिहिबारदेखि सञ्चालानमा ल्याइएको हो ।

परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले उक्त एपको परराष्ट्र मन्त्रालयबाट बिहिबार शुभारम्भ गर्नु भएको छ । विदेशमा रहेका नेपालीहरुले यो एपमा आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुने बताइएको छ ।

अप्तयारोमा परेका नेपालीका लागी यो विवरण प्राप्त भएपछि उनीहरु रहेको देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ । परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरु सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएकाहरुको सहयोगमा सहज हुनेछ ।

त्यस्तै विभिन्न समस्यामा परेका नेपालीहरुको गुनासाहरु मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताउनु भयो ।

साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरुलाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उनीहरुलाई सहज हुने पनि मन्त्री डा राणाले बताउनु भयो ।

उहाँले भन्नु भयो “विशेषगरी श्रम स्वीकृति बिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाहरुका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रुपमा जानेहरुलाई प्रोत्साहन गरेको भने होइन ।”

मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याहरुको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँनु भयो । श्रमको लागी गन्तव्यमा रहेका नेपालीहरुका समस्याहरु धेरै आउन थालेकाले उहाँहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो ।

श्रममन्त्री शरदसिंह भण्डारीले सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात पुग्ने विस्वास गरिएकाो बताउनु भयो ।

श्रममन्त्री भण्डारीलेनेपालीहरु को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकहरुलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाई थियो ।

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । तर यस एपमा सम्वन्ध्ति देशमा रहेका नेपालीहरुले आफ्नो विवरण भने भर्नु पर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस