आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

इरानमा बालिका बलात्कारपछि हत्या गर्ने युवालाई मृत्युदण्ड

२०८२ अषाढ २९, आईतबार मा प्रकाशित ( ७ महिना अघि) ७८१३ पटक पढिएको
नारी बाटिका


एजेन्सी
इरानको सरकारले एक बालिकामाथि बलात्कारपछी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिएको छ।

बलात्कारपछी हत्या गरेकी पीडित परिवारको आग्रह र घटनाले समाजमा पारेको गहिरो भावनात्मक असरका कारण सरकारले पिडकलाई खुला स्थानमा मृत्युदण्डको निर्णयलाई कार्यान्वयन गरिएको न्यायपालिकाले जनाएको छ।

उत्तर–पश्चिमी इरानको बुकान शहरकी एक बालिकालाई बलात्कार गरी निज पुरुषले हत्या गरेका थिए। पीडित परिवार न्यायिक प्रक्रिया भरि संलग्न रहँदै आएको र अन्ततः सार्वजनिक रूपमा अपराधिक पुरुषलाई सजाय गरियोस् भन्ने माग राखेका थिए।

उक्त घटनामा गत मार्चमा दोषीलाई मृत्युदण्ड सुनाइएको थियो । त्यसपछि इस्लामी गणतन्त्र इरानको सर्वोच्च अदालतले पनि सोही फैसला सदर गरेको थियो।
इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका घटनालाई मृत्युदण्ड दिने कानुन छ।

यस्ता घटनामा सार्वजनिक फाँसी झुण्ड्याएर दिने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्रै गम्भिर रुपमा लिईन्छ। चीनपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने राष्ट्रको रुपमा इरान परिचत छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस