आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

फेरि आन्दोलन कडा गर्ने शिक्षकहरूको चेतावनी

२०८२ श्रावण ३, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३८७६ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौं ३ साउन ।

नेपाल शिक्षक महांसंघले फेरी कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षकहरुले शिक्षा विधेयक छिटो पारित गराउन दबाव दिन भन्दै महासङ्घले एक विज्ञप्ति प्रकाशित गरेको थियो। त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन पनि गरिएको थियो।

महासंघको आयोजनामा गत चैत(वैशाखमा भएको एक महिना लामो काठमाडौं केन्द्रित सडक आन्दोलनपश्चात् विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारसँग सहमति भए पनि हालसम्म त्यसको कुनै छाँटकाँट नदेखिएको शिक्षकहरूले आरोप लगाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस