आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

बंगलादेशको एक स्कुलमा विमान ठोक्किँदा १९ जनाको मृत्यु, १६४ जना घाइते

२०८२ श्रावण ५, सोमबार मा प्रकाशित ( १ महिना अघि) ३८१४ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

ढाका ।

बंगलादेशको राजधानी ढाकास्थित एक स्कुलमा उँडीरहेको विमान ठोक्किँदा १९ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो बंगलादेशको राजधानी ढाकास्थित एक स्कुलमा विमान दुर्घटना हुदा १९ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा पनि १६४ जना घाइते भएका छन्। बंगलादेश वायुसेनाकोF-7 BGI प्रकारको प्रशिक्षण विमान ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलको भवनमा ठोक्किएर दुर्घटना भएको हो।

बीबीसीले जनाए अनुसार बंगलादेश अग्नि सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालले दुर्घटनामा ठूलो जनधनको क्षति भएको पुष्टि गरेका हुन्। जाहेद कमालका अनुसार घाइतेहरूको अवस्था गम्भीर छ र उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ,

हाल उपचारार्थ राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल र उत्तरा मोडर्न अस्पतालमा घाईतेहरु रहेका छन्।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलासँगको कुराकानीमा भने अनुसार“बिदा सकिन लागेको बेलामा अचानक एउटा लडाकु विमान सिधै विद्यालय भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका कक्षाहरूमा ठुलो क्षति पुर्‍यायो। विद्यालयको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।”

विमान आज दिउँसो १ बजेर ६ मिनेटमा उडेको अन्तर(सेवा जनसम्पर्क विभाग (ISPR)को विज्ञप्तिमा जनाइएको छ। उडान भरेको केही समयपछि विमानले नियन्त्रण गुमाउँदै जमिनमा ठोक्किएको पुष्टि भएको छ। सो घटनापछी तत्कालै घटनास्थलमा अग्नि नियन्त्रक सेवाका ९ वटा युनिट परिचालन गरी उद्धार तथा आगो नियन्त्रणमा लिएको थियो।

राष्ट्रिय शोक घोषणा
दुर्घटनापछि बंगलादेश सरकारले (साउन ८लाई राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरेको छ। यस दिन सबै सरकारी, अर्ध–सरकारी, स्वायत्त निकाय र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस