आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

 दुई चिनियाँ नागरिक ठमेलबाट सुन र नगदसहित पक्राउ

२०८२ श्रावण ६, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ७९३७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -६ साउन।

ठमेलस्थित एक होटलबाट प्रहरीले दुई चिनियाँ नागरिकलाई २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका अनुसार चिनियाँ नागरिक थान डेढ महिनाअघि नेपाल आएका हुन् । साथै चोउ भने केही दिनअघि मात्रै काठमाडौँ आएकी थिइन्। उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ।

प्रहरीले उनीहरुलई सोमबार राति पक्राउ गरी दुवै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस