आज: २०८२ श्रावण ११, आईतबार | Sun, 27, Jul, 2025

बाढीले क्षतिग्रस्त मितेरी पुलमा आजैबाट बेलिव्रिज निर्माण कार्य प्रारम्भ गरिँदै

२०८२ श्रावण ११, आईतबार मा प्रकाशित ( ९ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


रसुवा -११ साउन ।

असार २४ मा रसुवामा आएको बाढीका कारण बगाएको मितेरी पुलमा साउन आजैबाट बलिब्रिज निर्माण गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार शनिवार (साउन १० गते) प्रजिअ सहितको टोली निर्माण स्थलको अवलोकन गरेको थियो ।

भ्रमणका क्रममा दुवै देशका समकक्षीहरूविच भर्चुअल बैठकको छलफल निर्णय भए बमोजिम अ‍ौपचारिक कार्य प्रारम्भ सम्पन्न भएको थियो । नेपाल सरकार र चिन सरकारका बिचमा भएको समझदारी बमोजिम चिनियाँ पक्षले नेपाल सरकार र स्थानीय प्रशासनको समन्वयमा साउन ११ गते अर्थात आजैवाट बेलिब्रिज निर्माणको अ‍ौपचारिक कार्य प्रारम्भ गर्ने जानकारी गराएको छ ।

प्रस्तावित बेलिब्रिजको यथासिध्र निर्माण कार्य सम्पन्न गर्नका लागि स्थानीय प्रशासन बाट उपयुक्त कार्य वातावरण निर्माण गर्न आवश्यक समन्वय ,सहकार्य सहजीकरण गर्ने प्रतिविद्वता व्यक्त गरिएको बताइएको छ ।

उक्त बैठकमा विपदको समयमा भएका उद्धार राहत एव्ं विपद पश्चातको पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा समेत द्विपक्षीय छलफल भएको छ हाल बाढीका कारण नेपाल चिन जोडने मितेरी पुल पुर्णरूपमा क्षतिग्रस्त भई सिमा नाकाबाट हुने नेपाल चिन सडक सम्पर्क नै अवरुद्ध भएको छ ।

दुई देशका सरकारका विचमा भएको समझादारि बमोजिम उक्त सिमा नाकाबाट अवरुद्ध सडक सम्पर्क शिध्र सुचारु गर्न अस्थायी रूपमा वेलिब्रिज निर्माणका लागि साउन १० गते दुवै देशका समकक्षी हरू बिच मा निर्माण स्थल वाटै भर्चुअल बैठक सम्पन्न भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस