
नारी बाटिका
नारी बाटिका डट्कमका लागी संवादाता
काठमाडौँ १४ साउन ।
रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्यूडको एक शक्तिशाली भूकम्प गएको छ। यस घटनाको सम्वन्धमा अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले यो जानकारी दिएको हो ।
यूएसजीएसका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्ककाम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको थियो। शक्तिशाली भूकम्पपछि उक्त स्थानमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले अहिलेसम्म क्षतिको न्यून मात्र विवरण आएको जनाएका छन्। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रबाट टाढा जान आग्रह गरिएको छ।
पछिल्लो समयको थो ठुलो शक्तिशाली भूकम्प गएको बताइएको छ । जसका कारण जापान र अमेरिकाले सुनामीको चेतावनी समेत जारी गरेका छन्। अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन्। हवाईमा तीन मिटर अग्ला छालहरू आउने चेतावनी दिएका हुन्।
होनोलुलुमा रहेको अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार एकदेखि तीन मिटर (३।३ देखि १० फिट) अग्ला छालहरूले अमेरिकी टापु क्षेत्र गुआमलाई खतरामा पार्न सक्ने पनि बताएका छन् ।







प्रतिक्रिया दिनुहोस