आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

अमेरिकी नौसेना को एफ ३५ विमान क्यालिफोर्नियामा दुर्घटना

२०८२ श्रावण १५, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ४३४१ पटक पढिएको
नारी बाटिका


एजेन्सी

अमेरिकी नौसेनाको एक एफ(३५ लडाकु विमान क्यालिफोर्नियाको केन्द्रीय क्षेत्रमा अवस्थित नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार दुर्घटना भएको छ। नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार उक्त ​विमान साँझ ६ः३० बजे तिर दुर्घटनाग्रस्त भएको थियो।

दर्घटना ग्रस्त विमानका पाइलट प्याराशुटको सहायताले बाहिर निस्कन सफल भएका छन्। दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको बताइएको छ। विमान दुर्घटना भएको क्षेत्रमा खेतबारीले ढाकिएको खुला मैदान हो जुन फ्रेस्नो शहरबाट करिब ४० माइल (६४ किलोमिटर०)दक्षिण(पश्चिम तर्फ पर्दछ।

करीब १०० मिलियन अमेरिकी डलर मूल्य पर्ने यस लडाकु विमानको यउ वर्षको दोस्रो दुर्घटना हो। यसअघि जनवरीमा अलास्काको एलसन एअर फोर्स बेसमा एफ(३५ विमान दुर्घटना भएको थियो, जसमा पनि पाइलट सकुशल निस्किन सफल भएका थिए।

एफ(३५ पाँचौं पुस्ताको लडाकु विमान हो र अमेरिकी सेनाको अत्याधुनिक युद्धक विमानहरूमध्ये यो एक मानिन्छ। लकहिड मार्टिन कम्पनीद्वारा निर्मित यस विमानमा उन्नत स्टेल्थ क्षमता र लडाइँ कौशल छ। विश्वभरका १७ देशहरूभन्दा बढी यस कार्यक्रमको हिस्सेदार हुन्।

यद्यपि, पछिल्लो केही वर्षयता यस विमानको मर्मत सम्भार र तयारी सम्बन्धी समस्याले आलोचना भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस